ठुलोपर्दा डटकम।
अरब देश युएईमा नियमित नेपाली चलचित्र पर्दशन हुने भएका छन् । त्यसको थालनी स्वरुप युएईमा चलचित्र ‘वीर विक्रम’ पर्दशनी भएको छ ।
मिलन चाम्सको निर्माण र निर्देशनमा रहेको यो चलचित्र युएईका विभिन्न नौ वटा शहरमा एक साथ पर्दशन भएको हो ।
युएईको इतिहासमा नियमित रूपमा नेपाली फिल्मले एकैपल्ट सबै प्रान्तका ११ वटा सिनेमा हलहरूमा आफ्नो प्रदर्शनी गरेको पहिलोपटक हो । चलचित्र प्रदर्शनको शूभारम्भ चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, नेपाली दूतावास अबुधावीका कार्यबाहक राजदुत नेत्र टन्डन, कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालका सालिक सुवेदीले शूभकामना दिँदै गरेका थिए ।
युएईमा नेपाली सिनेमा प्रर्दशनीको वातावरण कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालका सालिक सुवेदी, राजन अधिकारी, सुवाश सिंह ठकुरी (अनिश)को पहलमा सम्भव भएको त्यहाँबाट नेपाल पत्रकार महासंघ युएई अध्यक्ष त्रिलोचन कोइरालाले बताएका छन् ।