ठुलोपर्दा डटकम, काठमाण्डौ।
निर्माता छविराज ओझाले आफु फेरी एकपटक सफल भएको बताएका छन् । उनको चलचित्र ‘किस्मत २’ शूक्रवार रिलीज भएको थियो ।
रिलीजको पहिलो दिननै अनपेक्षित व्यापार सफलता हासिल गरेको भन्दै ओझाले सदा झैँ यसपालीको दशैँमा पनि आफ्नो चलचित्रले सफलता दिलाएको बताए । झण्डै ७५ हलमा रिलीज भएको ‘किस्मत २’ अर्को चलचित्र ‘सुब्बा साब’सँग प्रतिष्पर्धामा थियो ।
चलचित्र हलमा तुलनात्मक रुपमा ‘किस्मत २’मा धेरै दर्शकले देखिएका छन् । हलपनि यसै चलचित्रका बढि छन् । ‘यति नै व्यापार भयो भन्ने आँकडा आईसकेको छैन’ शुक्रबार साँझ हामीसँगको कुराकानीमा निर्माता ओझाले भने, ‘तर पनि चलचित्रले पूर्णरुपमा सन्तुष्टी दिएको छ, यो कुरा ठोकुवाका साथ भन्न सक्छु’ ।
‘किस्मत २’मा शिल्पा पोखरेल, किशोर खतिवडा, पृथ्वीराज प्रसाईँ लगायतको प्रमूख अभिनय छ । यो चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका छन् ।
त्यस्तै, राजु अधिकारी निर्देशित ‘सुब्बा साब’मा सरोज खनाल, गौरी मल्ल, जीवन लुईँटेलको प्रमूख अभिनय छ । यो चलचित्रका निर्माता हिरामणी न्यौपाने हुन् ।