यसमा कुनै शंका छैन कि प्रेमको मामलामा सलमान खान सँधै अनलक्की रहे । उनका कुनै पनि सम्बन्ध गन्तव्यमा पुग्न सकेनन् ।
केहि दिन देखी रोमानियन ब्यूटी यूलिया वंतूरसँग सलमानको रोमाञ्सको खुब चर्चा भईरहेको थियो कि यसै बर्ष यि दुई बैवाहिक बन्धनमा बाँधिनेछन् । अब भने सलमानका फ्यानको लागि दुखद खबर छ । खबरका अनुसार सलमान-यूलिया सम्बन्धमा दरार आईसकेको छ ।
एक बलीउड अनलाइनका अनुसार यि दुईको सम्बन्ध पूर्णरुपमा सकिएको छ । उनिहरु अब सम्बन्ध सुधारको अर्को मौका समेत दिन चाहन्नन् । यूलियाको भिजा सकिएकोले उनि रोमानियामा नै छिन् र अब उनि भारत आउन चाहन्नन् ।
केहि समय अगाडी सलमान-यूलिया एक इभेन्टमा सँगै आएका थिए । खबरका अनुसार सलमानले यूलियासँग गरेको वाचा पुरा गर्न सकेनन् त्यसकारण सम्बन्ध फाटेको हो ।
यसअगाडी सलमानको अफेयर कटरीना कैफ, ऐश्वर्या राय, सोमी अली तथा संगीता बिजलानीसँग थियो ।