ठुलोपर्दा डटकम, काठमाण्डौ।
अपिल विष्टको निर्देशनमा बनेको नेपाली चलचित्र ‘झुम्की’ रिलीज भएको छ । रिलीजको पूर्वसन्ध्यामा बिहिवार साँझ राजधानीको बिग मुभिजमा प्रिमियर पनि गरिएको थियो ।
प्रिमियरमा चलचित्र यूनिट, कलाकर्मी, सञ्चारकर्मी तथा निर्माता-निर्देशक अपिल बिष्टका पारिवारित नातेदारहरुको उपस्थिती थियो । प्रिमियरमा नायिका रिश्मा गुरुङ् भने उपस्थित थिइनन् । उनि अर्को चलचित्रको छायांकनमा व्यस्त भएका कारण उपस्थित नभएको जानकारी गराईएकको थियो ।
‘झुम्की’ दाङ जिल्लाकी एक थारु युवतीसँग प्रेम गर्ने प्रहरी कर्मचारीले जीवनमा भोगेका उतारचढाव र बदलाको कथामा बनेको छ । चलचित्रमा दयाहाङ राई, मनोज आरसी, रिश्मा गुरुङ, मलिना जोशी, प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय रहेको छ ।
‘झुम्की’ २०४४-४५ सालको घटनामा आधारित रहेको छ, जतिबेला शान्ति सुरक्षाको लागि भन्दै नेपाली सेना ब्यारेकबाट बाहिर निकालिएको थियो ।
चलचित्रलाई अपिल बिष्ट फिल्मस र सिनेमा आर्टले संयुक्त रुपमा बनाएका हुन् । रामबाबु गुरुङको कथा, पटकथा र संवाद रहेको चलचित्रमा कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ ।