निर्देशक गौतमको आरोप, ‘कलाकारका कारण लगानी संकटमा’



ta-ma-ra-u

ठुलोपर्दा डटकम, काठमाण्डौ।
बुधवार राजधानीमा भएको नेपाली चलचित्र ‘तँ म र ऊ’को एक कार्यक्रममा निर्देशक लछु गौतम आक्रोशित देखिइन् । उनको आक्रोश आफ्ना कलाकारमाथी थियो ।

चलचित्रका प्रमूख कलाकारहरु निता ढुंगाना तथा आमेश भण्डारी कार्यक्रममा नआएपछि उनि रिसाएकी थिइन् । उनले आफैमा प्रश्न गरिन्, ‘रिलिजको बेला कलाकारले साथै दिदैनन् अनि कसरी चलचित्रको लगानी उठ्छ ?’

कलाकारका कारण निर्माताको लगानीनै संकटमा पर्ने उनको धारणा थियो । लामो समयको प्रेमपछि छुट्टिएका आमेश र निता दुवैजना कार्यक्रममा नआउँदा उनि त्यसी झोक्किएकी थिइन् ।

निताले आफ्नो फेसबुकमा आँखा बिरामी भएको भन्दै केहि तस्वीर शेयर गरेकी छिन् भने आमेश राजधानीमा छैनन् । कार्यक्रममा निर्माता तथा कलाकार सुदिन प्रसाईँ उपस्थीत थिए ।

उक्त कार्यक्रममा चलचित्रको नयाँ प्रोमो तथा गीत सार्वजनिक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu