ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र ‘ड्राइभर दाई’ले बुधबार राजधानीमा ट्याक्सी र्याली गरेको छ । भदौ ३१ गतेबाट अल नेपाल रिलिज हुन लागेको यो चलचित्रले बागबजारदेखि बालाजुको अष्टनारायण हल, लगनखेल, बल्खुसहित राजधानीका प्रमुख स्थानमा ट्याक्सी र्याली गरेको हो ।
र्यालीमा फिल्मका निर्माता ज्ञानु श्रेष्ठ, राजेन्द्र गौतम, नायक प्रज्जवल गिरी, प्रकाश खत्रीलगायतको रहेको थियो । बिजी फिल्मस् प्रालिको व्यानरमा बीएस बलामी प्रस्तुतकर्ता रहेको फिल्ममा बाबु बलामीको निर्देशन छ । निर्देशक बलामीले गाडीमा काम गर्ने ड्राइभरको संघर्षलाई फिल्ममा देखाइएको बताए ।
फिल्ममा किशोर खतिवडा, सिमा केसी, प्रज्जवल गिरी, दिनेश शर्मा, ध्रुव कोइराला, घनश्याम गिरी, राजेन्द्र गौतमलगायतका कलाकारको अभिनय रहेको छ । राजेन्द्र गौतम र ज्ञानु महर्जन निर्माता रहेको फिल्ममा गेहेन्द्र बज्राचार्य कार्यकारी निर्माता र दीपेश पाठक सह-निर्माता छन् ।
फिल्ममा निर्देशक बलामीकै कथा, टंक बुढाथोकी र राज सागरको संगीत, बब्बु थापा र निशा शर्माको नृत्य, श्री श्रेष्ठको द्वन्द्व, सौखिन तिमिल्सिना र मधुकर बलामीको सम्पादन र सुमन तण्डुकारको छायांकन छ ।