ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्रमा सर्वाधिक रुचाइएको जोडी आर्यन सिग्देल र नम्रता श्रेष्ठ एकसाथ म्युजिक भिडियोमा देखिएका छन् । उनिहरु करिब आठ बर्ष पछि गायक सुनिल गिरीको आवाजमा रहेको गीत ‘मिल्दैन र’को भिडियोमा देखिएका हुन् ।
चलचित्रमा यो जोडी लगातार सफल भईरहेको छ । आर्यन-नम्रता अभिनित पछिल्लो चलचित्र ‘क्लासिक’ सफल भएको थियो । ‘क्लासिक’का एसोसियट निर्देशक बिकास सुबेदीको निर्देशनमा तयार भएको भिडियोमा आर्यन र नम्रताको संगितीक करियर र प्रेमलाई प्रस्तुत गरिएको छ ।
गायक स्वयंको संगीत रहेको गीतलाई जगदिस तिमील्सीनाले लेखेका हुन् भने भिडियोमा अनिल मान्धरको छायांकन र शिलन लम्सालको सम्पादन रहेको छ ।
भिडियो: