जब संजय दत्त जेलबाट रिहा भए उनका फ्यान कमब्याकको प्रतिक्षा गरिरहेका छन् । हालै खबर आएको छ कि उनि छिट्टै ‘मुन्नाभाई’का निर्माता विधु विनोद चोपडाको आगामी चलचित्र मार्को भाऊ’बाट बलीउडमा कमब्याक गर्न गईरहेका छन् ।
यसपटक संजय दत्त ‘मुन्नाभाई’ पछि ‘मार्को भाऊ’ बन्नेछन् । चलचित्रको निर्देशन विधु विनोद चोपडाकि बहिनीशैलजा धरले गर्नेछिन् । खबरका अनुसार, यो चलचित्रको शूटिंग गोवा र चेन्नईमा हुनेछ । ‘मार्को भाऊ’ चलचित्रको कहानी बाबु-छोरीको इमोशनल सम्बन्धमा आधारित हुनेछ ।
पहिले खबर आएका थिए कि संजय दत्त निर्देशक सिद्धार्थ आनंदको एक्शन चलचित्रमा आउनेछन्, तर संजयलाई उक्त चलचित्रको स्क्रिप्ट नै चित्त बुझेन ।