ठुलोपर्दा डटकम।
युवास्टार नायक अनमोल केसीको नाम दुरुपयोग भएको पाईएको छ । असोज २४ बाट पूर्वका विभिन्न जिल्लामा सुरु हुन लागेको ‘मेगा फेस्टिबल २०७३’मा अनमोल भीआइपी गेष्टको रुपमा उपस्थित हुन लागेको चर्चा चलाइएको छ ।
उनको क्रेजलाई प्रयोग गरि सुनसरी, झापा र इलाममा आयोजना हुन लागेको यो कार्यक्रममा केही व्याण्डका साथमा अनमोल केसी उपस्थित हुने भन्दै टिकट विक्री गरिएको भेटिएको छ । तर, यो कार्यक्रममा अनमोललाई ल्याउने भनेर कुनै संझौता भने गरिएको छैन । अनमोलले फेसबुकमार्फत आफ्नो नाममा गरिएको प्रचार झुटो भएको बताएका छन् ।
अनमोलले एक अनलाईनसँग कुरा गर्दै भनेका छन्, ‘म आफ्ना फ्यानहरुलाई भेट्न सँधै नै आतुर छु । तर, जसरी पूर्वमा आयोजना हुन लागेको कार्यक्रममा म आउने भनेर प्रचार गरिएको छ, यो झुटो हो ।’
अनमोलले यो भ्रममा नपर्न आफ्ना फ्यानलाई आग्रह गरेका छन् ।
भिडियो समाचार: