ठुलोपर्दा डटकम, काठमाण्डौ।
निर्माता तथा निर्देशक रोज राणाले ‘जय परशुराम’ तोकिएकै मितिमा चल्ने बताएका छन् । बिहिवार राजधानीमा भेटिएका राणाले आफ्नो चलचित्र यसै साता रिलीज हुने स्पष्ट पारेका छन् ।
अर्को चलचित्र ‘परशुराम’सँग अदालती मुद्दाको बिषयमा बोल्न इन्कार गरेका रोजले आफुलाई केहि थाहा नभएको बताए । उनले असी भन्दा बढि हलमा ‘जय परशुराम’ रिलीज हुने बताए ।
एन.आर. घिमिरे निर्देशित ‘परशुराम’ले ‘जय परशुराम’ नामबाट चलचित्र चल्न नपाउने भन्दै मुद्दा दायर गरेको थियो । अदालतले ‘परशुराम’सँग मिल्ने चलचित्र प्रदर्शन नगर्न आदेश दिएको थियो ।
राणाले ‘जय परशुराम’ हेर्दा पैसा र समयको सदुपयोग हुने दाबी गरेका छन् । निकै मेहनतले यो चलचित्र बताएको बताउँदै उनले बिराजको एक्शन धमाकेदार रहेको बताए ।
भिडियो हेर्नुहोस्: