ठुलोपर्दा डटकम, काठमाण्डौ।
आफ्ना चारवटा चलचित्रमा नयाँ नायिकासँग काम गरेका नायक अनमोल केसीले पाँचौ चलचित्र ‘कृ’मा पनि नयाँ नायिकासँग अभिनय गर्ने भएका छन् । उनका लागि अडिसनबाट नायिका छानिएको हो ।
चलचित्रको मुख्य भूमिकामा मोडल अदिती वुढाथोकी फाइनल गरिएको हो । बुढाथोकी चर्चित मोडल हुन् । उनको सामाजिक संजाल इन्स्ट्राग्राममा १ लाख भन्दा बढी फलोअर्स छन् । अदितीले हालै मात्र भारतको चर्चित म्यूजिक कम्पनी सोनी म्यूजिकबाट बन्न लागेका ३ वटा म्यूजिक भिडियोमा काम गर्नका लागि संझौता गरिसकेकी छिन् । अदितीले भारतका चर्चित टेलिभिजनका कार्यक्रमका लागि पनि आफू छनोट भएको बताएकी छिन् ।
यी सुन्दरीले विशेषगरि, चर्चित ब्रान्डका विज्ञापनमा मोडलिङ गरेकी छिन् । हाल, उनी बलिउड चलचित्रका लागि पनि तयारीमा छिन् ।
सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गर्नेछ । चलचित्रमा सुवास गिरी र भूवन केसी निर्माता रहेका छन् । कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रमा श्री पराजुली सह-निर्माता हुन् ।
चलचित्रको छायांकन माघबाट सुरु हुने निर्माता सुवास गिरीले जानकारी दिएका छन् । यो चलचित्रका लागि अहिले नायक अनमोल केसी विभिन्न तालिम लिइरहेका छन् । चलचित्रलाई चर्चित सम्पादक तथा चलचित्र ‘आभाष’ निर्देशन गरेका निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् ।
भिडियो: