‘ढिशूम’लाई पाकिस्तानमा प्रतिबन्ध लगाउँदा वरुण बने निराश



Dhisoom-Cast

निर्देशक रोहित धवनको हालै रिलीज भएको बलीउड चलचित्र ‘ढिशूम’लाई पाकिस्तानमा प्रतिबन्ध लगाईएको छ । यो घटनापछि नायक वरुण धवन निराश भएका छन् ।

उनका अनुसार यो चलचित्रले कुनै पनि देशलाई गलत तरिकाले देखाईएको छैन । चलचित्रमा वरुणको भूमिका जुनैद अन्सारी नामका प्रहरी अधिकृतको रहेको छ । उनले ट्विटरमा पाकिस्तानमा चलचित्र प्रतिबन्धित गर्दा आफु निराश भएको बताउँदै यो कदमलाई गलत दाबी गरेका छन् ।

यो चलचित्रमा वरुणका अलावा जोन अब्राहम र ज्याकलिन फर्नाण्डिजको प्रमूख अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu