ठुलोपर्दा डटकम, काठमाण्डौ।
हामीले हाँस्य टेलिश्रृंखला ‘तितो-सत्य’ बन्द भएपनि बिर्सन नसकेका पात्र मध्ये एक चर्चित पात्र हुन् ‘गैँडा’ । लामो समयदेखि ‘गैँडा’ उपनामले चिनिँदै आएका निर्मल शर्मा अब भने दुब्लाउने भएका छन् ।
उनि निर्देशित चलचित्र ‘ब्रासलेट’को प्रेस कन्फ्रेन्समा भेटिएका शर्माले १९ महिनामा १० किलो घटेको दाबी गरे । हामीसँगको कुराकानीमा मिठो खानेकुरा खानै छोडेको बताए । उनले चिल्लो तथा गुलियो खानेकुरा घटाउँदै अन्य शारिरिक अभ्यासमा जोड दिएकोले आफ्नो तौल कम भएको बताए ।
उनले एक समयमा लभर ब्वायको रुपमा चलचित्रमा अभिनय गर्ने कोशिस गरेको किस्सा सुनाए ।
भिडियोमा हेर्नुहोस् उनिसँगको रमाईलो गफ: