दक्षिण भारतिय चलचित्रका सुपरस्टार रजनीकान्तको नयाँ चलचित्र ‘कबाली’ले रिलिज नहुँदै चालिस करोड फाईदा कमाएको छ । हालसम्म टिजर मात्र रिलिज भएको यो चलचित्र १६० करोडको लागतमा बनेको बताईन्छ ।
स्याटलाईट तथा वितरण अधिकारबाट चलचित्रले दुई सय करोड आर्जन गरेको हो । जुलाई १ मा यो चलचित्र मलेसिया, चाइनिज तथा थाई भाषामा पनि डब गरिएको छ । यो चलचित्रको प्रचार हवाई यात्रामा गरिने बताईएको छ । निर्माता कलाइपुली थानुका अनुसार एसियाका केही हवाइजहाजमा चलचित्रको थीम अनुसार पेन्ट गरिनेछ ।