ठुलोपर्दा डटकम, काठमाण्डौ।
ब्लकबस्टर नेपाली चलचित्र ‘ड्रिम्स’ पाईरेसी भएपनि निर्माता तथा निर्देशक भुवन केसीले एक करोड बराबरको क्षतिपुर्ती माग गरेको हल्ला खुब चल्यो । डिजिटल अधिकार किनेको हाइलाइट्स नेपालका कर्मचारीबाट नै पाईरेसी भएको थाहा भएपछि उनले क्षतिपुर्ती पाउने हल्ला पनि आयो ।
तर, केसीले भने क्षतिपुर्तिको विषयमा कुनै कुराकानी नभएको बताएका छन् । एक अनलाईन पत्रिका अनलाइन खबरमा छापिएको खबर अनुसार उनले आफुले क्षतिपुर्ति पाउनुलाई महत्व नदिएको दाबी गरेका छन् । खबर प्रकाशित छ, ‘मलाई क्षतिपुर्ति चाहिएको होइन । फेरि पनि अन्य निर्मातालाई यस्तै समस्या नपरोस भनेर प्रशासन गुहारेको हुँ’ ।
उनले आफुले क्षतीपुर्ति पाउँदैनमा मुद्दा किनारा नलाग्ने बताएका छन् । ‘क्षतिपुर्ती पाएकै भरमा मुद्दा टुंगिदैन अपराध गर्नेले जेल सजाय पनि भोग्नुपर्छ’ । केसीले समस्याको स्थायी समाधानको खोजी गर्नु पर्ने बताएका छन् ।