हलीउड नायक विन डीजलको साथ आफ्नो हलीउड चलचित्र ‘एक्सएक्सएक्स: द रिटर्न अफ जेन्डर केज’को शुटिङमा व्यस्त बलीउड नायिका दीपिका पादुकोणले यस चलचित्रकि लागि कडा मेहनत गर्दै आएको देखिएकी छिन् ।
हालै दीपिकाको एक भिडियो इन्टरनेटमा भाईरल छ, जसमा उनले फिटनेसको लागि वर्कआउट गरिरहेकी छिन् । यस भिडियोमा दीपिका निकै दमदार वर्कआउटमा देखिएकी छिन् ।
यो भिडियोमा दीपिकाकी ट्रेनर यासमीनको साथमा पसिना बगाईरहेकी देखिन्छिन् । हालै यासमीनले इन्स्टाग्राममा दीपिकासँगको फोटो र दीपिकाको वर्कआउटको भिडियो शेयर गरेकी छिन् ।
भिडियो हेर्नुहोस्: