भारतिय चर्चित गायक सोनू निगमले स्वास्थ्य लाभको लागि गायनबाट ब्रेक लिने बताएका छन् । उनले सात जूनमा घुँडाको सर्जरी गर्दैछन् ।
यसअघि सोनूले ओस्टेटोमी सर्जरी गरिसकेका छन् । उनले भनेका छन्, ‘म घरमा नै छु । ओस्टेटोमी सर्जरी धाई महिना पहिले भईसकेको थियो । छिट्टै मेरो दोश्रो सर्जरी हुँदैछ । स्वास्थ्य ठिक बनाउन ब्रेक लिन चाहन्छु’ ।
सोनूको बायाँ घुँडाको सर्जरी हुनेछ । उनले आफु पुरा ठिक नभएसम्मको कलागि कन्सर्ट रद्द गरेका छन् ।