ठुलोपर्दा डटकम, काठमाण्डौ।
यस बर्षको चलचित्र पत्रकारिता सम्मानबाट राजधानी दैनिकमा कार्यरत पत्रकार डब्बु क्षेत्री सम्मानित हुने भएका छन् । त्यस्तै, श्याम अर्याल र तुलसी गिरी ‘भावुक’ पुरस्कृत हुने भएका छन् ।
चलचित्र पत्रकार संघको आइतवार बैठकले यो निर्णय गरेको हो । सो सम्मान तथा पुरष्कार आगामी जेठ ७ गते प्रदान हुनेछ ।
२०४९ सालमा नव किरण साप्ताहिक पत्रिका मार्फत पत्रकारिता प्रारम्भ गरेका डब्बु पछिल्लो समय राष्ट्रिय दैनिक राजधानीमा वरिष्ठ उप–सम्पादकको पदमा कार्यरत छन् । यसै गरि तुलसीले २०४५ सालमा नेपालभूमि साप्ताहिक मार्फत पत्रकारिताको सुरुवात गरेका थिए । त्यस यता कान्तिपुरको साप्ताहिक हुदै यतिबेला उनि म्युजिक डायरी नामक मासिकमा संलग्न छन् ।
पत्रकारिता पुरष्कार मार्फत नै पुरस्कृत हुने श्यामले पत्रकारिता अगावै २०५१ सालबाट रंगमंचमा काम गरिसकेका थिए । २०५८ सालमा पोखरा स्थित रेडियो अन्नपुर्णमा पहिलो पटक आफ्नो आवाज श्रोतासम्म पुर्याएका श्याम हाल इमेज एफएममा कार्यरत छन् ।