ठुलोपर्दा डटकम, काठमाण्डौ।
आठ बर्षको उमेरमा फिचर फिल्म निर्देशन गरेर विश्व रेकर्ड राखेका सौगात विष्ट निर्दे्शित चलचित्र ‘लभ यु बाबा’को काठमाडौँमा च्यारिटि सम्पन्न भएको छ ।
उक्त चलचित्रका सम्पादक प्रितम पाण्डेले काठमाडौँको अष्टनारायण हलम ३० जना अनाथ बच्चाहरुलाई चलचित्र देखाएका हुन् । पाण्डेले भने, ‘अरु बच्चाहरु जसको अभिभावक हुन्छन्, उनीहरु अभिभावकसँग मनोरञ्जनको लागि जान्छन् तर जसको छैन उनीहरुको लागि मनोरञ्जन र शिक्षा दुवै प्रदान गर्नु हामी सबैको कर्तव्य हो । यसकारण मैले चलचित्र देखाएको हुँ’ ।
सामाजिक कार्यमा सक्रीय पाण्डेले यस अघि पनि बिभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् ।