आकाश अधिकारीले बनाए विद्यालय भवन



aakash-adhikari-building
ठुलोपर्दा डटकम।
निर्देशक तथा अभिनेता आकाश अधिकारीले नुवाकोटको थान्सिङ्ग, ५ मा ५ कोठे विद्यालयको भवन निर्माण गरेका छन् । आफ्नो सामाजिक संस्था आशाको ज्योती मार्फत बनाईएको श्री कालिका देवी प्राथमिक विद्यालयको भवन शनिवार हस्तान्तरण गरिएको छ ।

विद्यालय भवन निर्माणमा आशाको ज्योती नेपाललाई ग्लोबल रिच इन्टरनेश्नल आइएनसी, न्यूजर्सीले सघाएको छ । हस्तान्तरण कार्यक्रममा अधिकारीले राजनीति गर्न या नाम कमाउन विद्यालय भवन निर्माण नगरेको बताए । उनले भोलिका कर्णधार बालबालिका विद्यालय जानबाट वञ्चित नहुन भनेर भवन बनाएको बताए । शिशुदेखि पाँच कक्षासम्म पढाई हुने कालिका देवि प्रा.विमा करिब ७० जना विद्यार्थीहरु अध्यनरत छन् भने चार जना शिक्षक तथा शिक्षिका छन् ।

aakash-adhikari-building2

विद्यालय हस्तान्तरण कार्यक्रममा राजधानीबाट सञ्चारकर्मीहरुको साथमा ‘के म तिम्रो होइन र’ का नायक आर्यन अधिकारी, नायिका मरिस्का पोखरेलका साथै आशाको ज्योती नेपालका कोषाध्यक्ष मधु क्षेत्री र सचिव संगीता क्षेत्रीको पनि सहभागीता रहेको थियो । आकाश अधिकारी निर्देशन गरेको आर्यन र मरिस्काको शिर्ष भूमिका रहेको फिल्म ‘के म तिम्रो होइन र’ यही बैशाख ३१ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

aakash-adhikari-building1

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu