शिवसेनाले दिएको छैन रेखालाई चेतावनी, चलचित्र चलाउन रेखाको अर्को फण्डा



rampyari-rekha
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चैत २६ गते दुई राम्रा र प्रतिक्षित भनिएका चलचित्र प्रदर्शनमा आउँदै छन् । ‘नाईँ नभन्नू ल ४’ र ‘रामप्यारी’ चैत २६ का चलचित्र हुन्, जसको चर्चाले यति बेला नेपाली सिनेनगरि राम्रैसँग गर्माएको छ । त्यहि क्रममा रेखा थापाले अभिनय गरेको र निर्माण गरेको चलचित्र रामप्यारीको चर्चा केहि दिनदेखी राम्रैसँग चुलिएको छ, त्यसको कारण हो रेखा थापाले चलचित्र ‘रामप्यारी’मा लगाएको गेरु वस्त्र ।

रेखाले चलचित्रमा लगाएको गेरु बस्त्रमा शिव सेना नेपालले आपत्ती जनाउँदै रेखालाई धार्मिक संगठनबाट कारवाही सम्मको चेतावनी दिएको सञ्चारमाध्यममा रेखा स्वयंले बताएकी छिन् । उनले भनेकी छिन् मलाई उक्त धार्मिक संगठनबाट कारवाही सम्मको चेतावनी आएको छ । चलचित्रमा गेरु बस्त्रको अपमान गरेको ठहर गर्दै यो आपत्ती जनाइएको हो ।’ तर यो कुरा हेर्दा रेखाले आफ्नो चलचित्र रामप्यारीको प्रचार गरेको सजिलैं अनुमान लगाउन सकिन्छ ।

तपाईहरुलाई एउटा कुराको याद गराऔं शिव सेनाले कहिले पनि फोन मार्फत चेतावनी दिने काम गर्दैन । शिव सेनाले यदि धार्मिक रुपमा कसैले अपमान गरेको थाहा पाए उक्त संगठनले विज्ञप्ती नै जारी गर्ने गर्छ तर त्यो काम शिव सेनाले गरेको छैन । यो हेर्दा रेखाले रामप्यारीको प्रचारका लागि सञ्चारमाध्यममा यस्तो खबर प्रकाशन गर्न लगाएको सजिलै बुझ्न सकिन्छ । रेखाको चलचित्र रामप्यारीसँग एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र नाईँ नभन्नू ल ४ ले चैत २६ मा राम्रै टक्क्र दिने भएपछि उनले यस्तो गरेको हुन सक्ने धेरैको बुझाई छ ।

हुनत रेखा आफ्नो चलचित्र प्रदर्शनमा आउने बेला यस्तो क्रियाकलाप गर्नु कुनै अनौठो होइन । उनले यस अघि चलचित्र हिम्मतवाली चलाउनका लागि उक्त चलचित्रका नायक सुदर्शन गौतमसँग प्रेम सम्बन्ध गाँसेको पनि हल्ला राम्रै चलेको थियो तर अहिले उनीहरुको सम्बन्ध पानीबाराबारको अवस्थामा छ । कुनै बेला फेसबुकमा माया साट्साट गर्ने सुदर्शन र रेखा अहिले फेसबुकमा साथीसम्म छैनन् । यस्तो धेरै घट्नाहरु छन् जसमा रेखाले आफ्नो स्वार्थमात्र खोजिरहेकी हुन्छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu