केही दिनअघि बलिउड अभिनेत्री सन्नी लियोनी होली मनाउन गुजरात पुगेकी थिइन् । त्यहाँ एक व्यक्ति आफू पत्रकार भएको दाबी गर्दै आए र सन्नीसँग विगतका कुरा जोड्दै प्रश्न गर्न थाले । ती पत्रकारले सन्नीसँग ‘रात्री कार्यक्रमको शुल्क’ कति हो भनेर सोध्दा सन्नीले झापड लगाइन् । तर उनका पति ड्यानियल वेबरले यस समाचारको खण्डन गरेका छन् ।
उनले सन्नीसँग कसैले रात्री कार्यक्रमको शुल्क पनि नसोधेको र सन्नीले कसैलाई नकुटेको बताएका छन् । त्यस्तै उनले सन्नीले आफुसँग अब गुजरात आउँदा हजारपटक सोच्ने कुरा पनि गलत भएको बताएका छन् । उनले भने,’म यी समाचार पढेर हैरान छु । उनी कसैसँग नराम्रो गर्न चाहँदिनन् र कसैसँग रिसइबी पनि साँध्दिनन् । मलाई विश्वास छ मेरी पत्नी कसैलाई औंला पनि उठाउँदिनन् ।’