ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र ‘६क्का पञ्जा’बाट निर्देशनमा डेब्यू गर्न लागेकी अभिनेत्री तथा हाँस्य कलाकार दिपाश्री निरौलाले आफ्नो चलचित्रका मूख्य अभिनेता दिपकराज गिरीलाई आठ किलो वजन घटाउन निर्देशन दिएकी छिन् ।
चैत्र ८ बाट फ्लोरमा जाने भनिएको यो चलचित्रका अभिनेता गिरीले ठट्यौली शैलीमा भनेका छन्, ‘‘निर्देशक कडा परिछन् यसपाली, निकै गाली खाईएला जस्तो छ’ । निर्देशकको आग्रह बमोजिम आफुले तयारी सुरु गरेको दीपकले बताए ।
साथै, चलचित्रकी अभिनेत्री प्रियांका कार्कीले भने केहि तौल घटाउनुपर्नेछ । यो चलचित्रमा
केदार घिमिरे ‘माग्ने बुढा’, शिवहरी पौडेल, जितु नेपाल, बुद्धि तामाङ्ग ‘हैट’ लगायतको अभिनय रहने छ । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्दैछन् ।