पाँच पटकसम्म मनोनयनमा परेर पहिलो पटक ओस्कार चुमेका हलिउड अभिनेता लियोनार्दो डि क्याप्रियोले द रेभनेन्ट चलचित्रबाट सर्वोत्कृष्ट अभिनेताको ओस्कार जिते । तर हलिउडमा लामो समयसम्म आफूलाई प्रमाणित गरिराखेका लियोनार्दोले पाएको ओस्कार ट्रफी झण्डै होटलमा नै बिर्सेका थिए ।
उनले झण्डै अवार्ड लान बिर्सेको एउटा भिडियो सार्वजनिक भएको छ । ८८ औं ओस्कारमा अवार्ड जितेका ४१ वर्षिय लियोनार्दोले एक पार्टीबाट निस्कदै गर्दा अवार्ड होटलको पार्टीमा बिर्सेका हुन् ।
पार्टीबाट निस्कँदा उनको हातमा रक्सीको बोटल थियो ओस्कार अवार्ड थिएन् । सोही समय एक जना मान्छे उनको अवार्ड लिएर उनको पछि दौडदै आए र उनको अवार्ड उनका एक साथीलाई थमाए।
भिडियो हेर्नुहोस्: