‘नीरजा’ पाकिस्तानमा प्रदर्शन नहुने



neerja

कराची हवाई अड्डामा सन १९८६ मा भएको प्लेन हाइज्याकको घटनामा आधारित चलचित्र ‘नीरजा’ पाकिस्तानमा प्रतिबन्धित भएको छ । उक्त चलचित्रले पाकिस्तानको खराब छवि प्रदर्शन गरेको भन्दै पाकिस्तान सरकारले सो निर्णय गरेको हो ।

राम माधवानीको निर्देशनमा बनेको यस चलचित्र मुम्बईबाट न्यूयोर्क जाँदै गरेको पैन एम उडानमा सवार चालक दलकी सदस्य नीरजा भनोटको जीवनीमाथि आधारित छ । प्लेन हाइज्याक भएको बेला यात्रुको जीवन बचाउन प्रयाश गरेको भन्दै आतंककारीले नीरजाको गोली हानी हत्या गरेका थिए ।

आउँदो १९ फेब्रुअरिदेखि यो चलचित्र पाकिस्तानको केही मल्टिप्लेक्समा प्रदर्शन गर्ने योजना थियो । यसअघि हैदर, एक था टाइगर, फ्यान्टम लगायतका चलचित्रलाई पनि पाकिस्तानले प्रदर्शनको अनुमति दिएको थिएन । यस चलचित्रमा नीरजाको भुमिका सोनम कपुरले निर्वाह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu