ठुलोपर्दा डटकम।
माघ २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘क्लासिक’का नायक आर्यन सिग्देल र निर्देशक दिनेश राउतले नारायणगढमा पत्रकार सम्मेलन गर्दै चलचित्रको बारेमा जानकारी गराएका छन् ।
आर्यन सिग्देलले पत्रकारमाझ चलचित्रको बारेमा बोल्दै आफुले चलचित्रमा निकै मिहेनत र लामो समय खर्चेर बनाएको कारण सबै दर्शकहरुले मनपराउने दाबी गरे । नायक सिग्देलले भने -‘चलचित्र दुई दृष्टिबिहिन प्रेमिप्रेमिकाको कथा रहेको छ र चलचित्र हेरिसकेपछि जो कोहिँले पनि दृष्टिबिहिन ब्यक्तिलाई समाजले हेर्ने दृष्टिकोण नै परिवर्तन हुनेछ ।’
त्यस्तै निर्देशक राउतले पनि चलचित्र वास्तविक भोगाईमा आधारित रहेको र चलचित्रले समाजको दृष्टिबिहिन पात्रको वास्तविक चित्रण गर्ने बताए । चलचित्र ‘नोभेम्बर रेन’ निर्माण गरेपछि चर्चामा आएको सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरले निर्माण गरेको चलचित्र ‘क्लासिक’मा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, समुना केसी, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, शिशिर राना, सकुन्तला थापा, नमित चन्द, विश्व बस्नेत मुख्य भूमिकामा छन् ।
चलचित्रमा आर्यन र नम्रता आँखा नदेख्ने भुमिकामा छन् । चलचित्रमा हिमाल केसीको द्वन्द, रेनाशा राईको नृत्य निर्देशन, सुरेन्द्र पौडेल र प्रितम पाण्डेको सम्पादन, विजय बस्याल र श्रीकृष्ण श्रेष्ठको ग्राफिक्स, छेतन गुरुङको लेखन तथा राजेश श्रेष्ठको छायांकन रहेको छ ।