ठुलोपर्दा डटकम, काठमाण्डौ।
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रिय परिषद् घोषणा भएको छ । बुद्धनगरमा आयोजित कार्यक्रमका बीच परिषद् घोषणा भएको हो ।
३५ जना सदस्यमा कलाकार अशोक शर्मा, करिश्मा मानन्धर, पूर्व एआईजी गणेश राई, कलाकार सरोज खनालसहित छन् । बाबुरामको नयाँ सोचलाई सम्मान र बिचारसँग सहमत भएका कारण नयाँ शक्तिमा प्रवेश गरेको बताउँने करिश्मा आफु राजनीतिकबाट चलचित्रक्षेत्रको अनुसार फेर्ने सोचमा छिन् । उनले आफू राजनीतिमा लागेपनि यसले कलाकारितामा असर नपार्ने बताइन् ।
आफू कलाकार मात्र नभएर एउटा सचेत नागरिक पनि भएकाले एउटा नागरिक राजनीतिक रुपमा जागरुक हुन पाउने उनको भनाई थियो । त्यस्तै सरोज खनालले अब करिश्मा र अशोकसँग मिलेर चलचित्र क्षेत्रको विकासमा अघि बढ्ने बताएका छन् ।