बलिउड अभिनेत्री कट्रिना कैफले भ्यालेन्टाइन्स डेलाई उल्लासमय बनाउने तयारीमा रहेकी छिन् ।
‘त्यो दिन म कुनै खालको व्यावसायिक काममा व्यस्त रहने छैन । यो वर्ष भ्यालेन्टाइन्स डेलाई विशेष बनाउने धुनमा छु । यसका लागि केही विशेष योजना बनाइरहेकी छु,’ उनले भनिन् । तर उनले आफ्नो योजना भने खुलाउन चाहिनन् ।
ब्वायफ्रेन्ड रणवीर कपुरसँग अलग भएको खबरले राम्रै चर्चामा रहेकी कट्रिना पछिल्लो साय प्रेम सम्बनध कुराहरु पनि खोलेरै भन्ने गर्छिन । एक अन्तरर्वार्तामा रणवीरसँगको सम्बन्धको विषयमा खुलाउन नचाहेपनि उनले भ्यालेन्टाइन्स डेलाई विशेष तरिकाले मनाउने सोच बनाएकी छिन् ।