ठुलोपर्दा डटकम, काठमाण्डौ।
सामाजिक सञ्जाल फेसबुक मार्फत चलचित्र ‘क्लासिक’ले ‘क्लासिक प्रोफाइल’ अभियान थालेको छ । माघ २९ अर्थात् भ्यालेण्टाइन डेको अवसरमा प्रदर्शन हुन लागेको यो चलचित्रले प्रोमोशन एप्लीकेशन निर्माण गरेको छ । जसमार्फत फेसबुक प्रयोगकर्ता आफैले आफ्नो तस्बिरलाई क्लासिक प्रोफाइलका रुपमा परिवर्तन गर्न सक्ने छन् ।
अनलाईन साइट रिलनेपाल डटकमको सहकार्यमा निर्माण गरिएको उक्त एप्लीकेशन मार्फत फेसबुक प्रोफाइल परिवर्तन गर्न http://app.reelnepal.com मा गएर फेसबुक अकाउण्ट लगइन गरिसकेपछि तपाईको प्रोफाइल पिक्चर्स देखिने छ । तपाईको प्रोफाइल पिक्चर्सको तल देखिने प्रोसेस अप्सनमा क्लि गरेपछि तपाईको पिक्चर क्लासिक प्रोफाइलमा परिवर्तन हुनेछ । जुन पिक्चर्ससँगै देखिएको पोष्ट टु फेसबुक अप्सनमा क्लिक गरेपछि तपाईको प्रोफाइल पिक्चर्स परिवर्तन हुनेछ ।
निर्माण पक्षले क्लासिक प्रोफाइल परिवर्तन गर्ने फेसबुक प्रयोग कर्ताका लागि ह्यासट्याग क्लासिक उल्लेख गर्न आग्रह गरेको छ । जसका आधारमा क्लासिक प्रोफाइल पिक्चर्समा सबै भन्दा बढी लाइक, कमेण्ट र सेयर हुने १० फेसबुक प्रयोगकर्ताले आर्यन सिग्देल र नम्रता श्रेष्ठसँग डिनर सहित आकर्षक गिफ्ट प्राप्त गर्ने जनाएको छ ।
चलचित्रमा आर्यन र नम्रताका अलवा समुना केसी, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, शिशिर राना, सकुन्तला थापा, नमित चन्द, विश्व बस्नेत मुख्य भूमिकामा छन् । चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, डाक्टर कृष्णहरी बराल, दिनेश राउत र दयाराम पाण्डेको गीत, कोशिश क्षेत्री, यूवराज चौलागाई, मेलिना राइको स्वर समावेश छ ।
चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन् । चलचित्रमा हिमाल केसीको द्वन्द, रेनाशा राईको नृत्य निर्देशन, सुरेन्द्र पौडेलको सम्पादन, छेतन गुरुङको लेखन तथा राजेश श्रेष्ठको छायांकन रहेको छ । ‘क्लासिक’लाई सुवास इन्टरटेन्मेण्ट र आर्यस सिग्देल इन्टरटेन्मेण्टले संयुक्त निर्माण गरेका छन् ।