ठुलोपर्दा डटकम, काठमाण्डौ। नेकपा एमालेको तर्फबाट प्रत्यक्षमा टिकट पाएर सोहि क्षेत्रको विरोध पछि टिकट खोसिएका नायक भुवन केसीको नाम समानुपातिक सुचीमा भेटिएको छ।
निर्वाचन आयोगले बुधवार सार्वजनिक गरेको एमालेको बन्दसूचिमा भुवनको नाम पनि रहेको छ । केसीको नाम २६८ नंबरमा रहेको छ।
त्यस्तै, एनेकपा माओवादीबाट निर्देशक हिमग्याप लामा टासीलाई मुगुबाट समानुपातिक सुचीमा राखिएको छ। भिमदत्त चलचित्रका निर्देशक लामा लामो समयदेखी अमेरिकामा रहेर अध्ययन गरेका हुन्। यसअघि लामाले कोरियोग्राफी गर्दै आएका थिए।
त्यसैगरि निर्देशक दिपक श्रेष्ठ पनि एनेकपा माओवादीबाट समानुपातिकको सुचिमा परेका छन्।