‘परदेशी’ले मनायो ७५ दिन, बाड्यो सफलताको खुसी



ठुलोपर्दा डटकम, काठमाण्डौ।
दशैको फुलपातीबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘परदेशी’ले ७५ दिन मनाउन सफल भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बिच चलचित्र परदेशी यूनिटले सफलताको खुसीसँगै चलचित्रलाई विभिन्न तहबाट महत्वपुर्ण योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान र मायाका चिनो पनि हस्ताण्तरण गरेको थियो ।

नेपालबाट विदेशी भूमिमा कमाउनका लागी जाने महिलाहरुको कथामा निर्माण भएको चलचित्र परदेशी आम दर्शकहरुले रुचाइदिएकोमा चलचित्रका निर्माता राजेश बंशलले धन्यवाद दिएका थिए भने चलचित्रकी नायिका रजनी केसीले चलचित्र परदेशीको सफलताले आफु निकै खुसी भएको बताइन् । चलचित्रलाई बधाई दिन चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय, चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, संविधानविद् डा.भिमार्जुन आचार्य, निर्माता छबिराज ओझा उपस्थित भए ।

चलचित्रलाई बधाई दिदैं चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले चलचित्र परदेशी नेपाली मौलिक कथामा निर्माण भएका कारण सफल भएको बताए । चलचित्र परदेशीमा प्रशान्त तामाङ, नरेन खड्का, रजनी केसी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । यस अघि चलचित्र ‘गोर्खापल्टन’ निर्देशन गरेका रायमाझीले यो चलचित्रमा भने लगानी पनि गरेका छन् । लगानीमा रायमाझीलाई राजेश बंशलले पनि साथ दिएका थिए ।

भिडियो हेर्नुहोस्:

कार्यक्रमका झलकहरु फोटोमा हेर्नुहोस्:

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu