‘प्रेम गीत’को प्रचारको तरिका तल्लो हदमा, ‘क्लासिक’ माथी गीत ब्याण्ड गराउन लागेको आरोप



ठूलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्रको प्रदर्शन मिति नजिकिएपछि चलचित्र यूनिट प्रचार प्रसारमा उत्रिनु सामान्य हो । प्रचारको माध्यम सामाजिक सञ्जाललाई बनाउने चलन बढेको छ । यसको प्रभाव पनि बढि नै छ तर, यतिबेला सामाजिक सञ्जाल फेसबुककै कारण आरोपको समाचारले शिर्षक पाएको छ ।

चलचित्र ‘प्रेम गीत’का निर्माता सन्तोष सेनले चलचित्र ‘क्लासिक’को नाम नै तोकेर आफ्नो चलचित्रको गीत ब्याण्ड गराउन फेसबुकमा रिपोर्ट गरेको आरोप लगाउँदै स्टाटस लेखे । त्यसपछि यसको चर्चा चुलियो । आलोचकहरुले सन्तोष र उनको चलचित्र युनिटका अन्य केहि सदस्यको यस्तो आरोप निकै तल्लो स्तरको रहेको बताएका छन् ।

जबकी कसैको रिपोर्ट पर्दैमा न त फेसबुकले गीत ब्याण्ड गर्छ न त कसैले अनुरोध गर्दैमा खुल्ला गर्छ । फेसबुकका आफ्नै नियम छन् । अश्लिल गीतलाई फेसबुक आँफैले ब्याण्ड गर्छ । यो कसैको वशको कुरा होइन । प्रविधीको कुरालाई नबुझी प्रचारको माध्यम बनाएको ‘प्रेम गीत’ले आजसम्म कमाएको राम्रो चर्चा सबै यहि कारणले गुमाएको बताउने पनि छन् ।

चलचित्र ‘प्रेमगीत’मा समावेश ‘कहिले पुग्छु रिभरसाइड’ बोलको गीत सार्वजनिक भएपछि केहि हट दृश्यहरुका कारण दर्शकहरुले यो गीत सेयर गर्न मानिरहेका छैनन् तर चलचित्रका निर्माता सन्तोष सेनले भने यो सबको कारण ‘क्लासिक’ यूनिट रहेको खुल्लेआम आरोप लगाएका छन् ।

prem-geet-and-classis

उनले यो आरोप फेसबुकमा गरेका हुन तर उनको यो स्टाटस धेरै समय भने रहन सकेन । उनले फेसबुकमा स्टाटस हालेको उनले यो स्टाटस केहि समयपछि हटाएका छन् तर उनको यो हर्कतलाई भने सबैले धृणा गरेका छन् । निर्माता सन्तोषले मात्र होइन चलचित्र प्रेम गीतकी नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापालेले पनि स्टाटस हाल्दै धुमाउरो तरिकामा ‘क्लासिक’ यूनिटलाई नै आरोप लगाएका छन् ।

यसै सन्दर्भमा ‘क्लासिक’ निर्देशक दिनेश राउत फेसबुकका सिईओ मार्क जुकरवर्गको फोटो राख्दै उनि क्लासिकको आफ्नै मान्छे भएको भन्दै व्यंग्य हानेका छन् ।

यि दुवै चलचित्र माघ २९ गते प्रदर्शनमा आउन लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu