क्यानडाका ‘पप स्टार’ जस्टिन बिबरलाई ट्विटरमा सात करोड नौ लाख ११ हजारभन्दा धेरैले फलो गरेका छन् । यो संख्या क्यानडाको जनसंख्याभन्दा धेरै हो ।
जस्टिन अहिले पनि ट्विटरमा सबैभन्दा धेरै फलोअर्स भएका सेलेब्रिटी हुन् । सन् २०१३ जनवरी २१ देखि ट्विटरमा सबैभन्दा धेरै फलोअर्स भएका सेलेब्रिटीमा जस्टिन परेका हुन् । त्यतिवेला उनको ट्विटरमा तीन करोड ५० लाखभन्दा धेरै फलोर्स पुगेका थिए ।
त्यसअघि ट्विटरमा लेडी गागा धेरै फलोअर्स हुने सेलेब्रिटीको पहिलो नम्बरमा थिइन् । अहिले लेडी गागाको ट्विटरमा पाँच करोडभन्दा धेरै फलोअर्स पुगेका छन् । ट्विटरमा जस्टिनले एउटा विषयमा मात्र लैख्दैनन् । उनी कहिले आफ्नो कार्यक्रम र नयाँ गीतबारे जानकारी ट्विटरबाट दिन्छन् । आजभोलि ट्विटरमा जस्टिनलाई एक सेकेन्डमा ६० भन्दा बढीले मेन्सन गर्छन् ।