पेरिस हमलापछि विश्वचर्चित तीन ठूला ब्यान्डले आफ्नो कन्सर्ट रद्द गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युटु, कोल्डप्ले, मोटरहेडले पूर्वनिर्धारित कन्सर्टलाई अनिश्चितकालको लागि रोकेका हुन् ।
फ्रान्सेली सांस्कृतिक मन्त्रालयको आग्रहमा ती कन्सर्ट रद्द गरिएको हलिउड रिपोर्टरले जनाएको छ । विश्वकै महंगो ब्यान्ड युटुले १४ नोभेम्बरमा राजधानी पेरिसमा कन्सर्ट गर्ने पक्का भएको थियो भने अन्य ब्यान्डहरुले पनि कन्सर्टका लागि समय, मिति र स्थान तय गरिसकेका थिए ।
त्यस्तै हलीउडका चर्चित पपस्टार जस्टिन विवरले समेत पेरिस कन्सर्ट रोकेका छन् । आइतबार राती मोटरहेडले गर्न लागेको कन्सर्ट समेत रद्द भएको छ।