युनिसेफकी सदभावना दूत समेत रहेकी हलिउड नायिका तथा गायिका सेलेना गोमेजले केहि दिन अगाडी आफ्नो शरीरमा ‘ॐ’ टाटु लेखाएर चर्चा बटुलेकी थिइन/ । अब त्यो चर्चा विवादमा परिणत भएको छ ।
Click Here to Watch Entertaining Videos
ब्रम्हा, विष्णु र महेश्वर बुझाउने यस शब्द हिन्दुबाहेक केही अन्य धर्ममा प्रचलनमा छ, ती समप्रदायलाई ‘ॐ कार’ भनिन्छ । ‘ॐ कार’ बाहेक अन्य धर्मावलम्बीहरुले पनि यस शब्दलाई योगध्यानको माध्यमका रुपमा लिन्छन् । यसको महत्व यति मात्र छैन त्यसैले मुलतः पूर्र्विय दर्शनमा आधारित यो शब्द फैलँदै पश्चिमा राष्ट्रसम्म पुगेको छ । ‘ॐ कार’ सम्प्रदायमा पवित्र मानिने शब्द गोप्य अंग नजिकै खोपिएकाले विवादमा तानिएको हो ।
केही दिनअघि समुद्री किनारमा स्विमसुट लगाउँदा उनले खोपाएको ‘ॐ’ ट्याटु छर्लङ्गै देखिएको थियो । क्रिश्चियन सम्प्रदायकी सेलेनाले यसबारेमा हालसम्म केही बोलेकी छैनन् । २३ वर्षीया सेलेनाले आफ्ना बायाँ तिघ्रामा ‘ॐ’ लेखाएकी हुन् । सेलेना गत वर्ष नेपालसमेत आएकी थिइन् ।