बलिउड अभिनेता रणवीर कपुर र अभिनेता तथा निर्देशक फरहान अख्तरबिरुद्ध उजुरी परेको छ । उनीहरुलाई धोका दिएको आरोप लगाइएको छ । दिल्लीका अधिवक्ता रजत वंशलले दर्ता गरेको उजुरीमा धोका दिने अनलाइनको प्रचार गरेर जनतालाई भ्रममा पारेको आरोप उनीहरुलाई लगाएका छन् ।
Click Here to Watch Entertaining Videos
बंसलले उजुरीमा ‘आस्क मि बजार डटकम’का सञ्जिव गुप्ता, आनन्द सोनभद्र, पीयूष पंकज, किरन कुमार र पुजा गोयलविरुद्ध पनि मुद्दा दायर गरेका छन् । उनले उजुरी हाल्नुको कारणमा के भएछ भने लखनउका एक मानिसले ‘अनलाइन सपिङ साइट’बाट एउटा टिभी ‘अर्डर’ गरेछन् । ‘क्रेडिट कार्ड’बाट पैसा तिरेका ती मानिसलाई पहिले त्यो साइटले १० दिनमा टिभी घरमा नै पुर्याइदिने वाचा गरेको रहेछ । तर, महिनौ बित्दा पनि उनले टिभी पाएनछन् ।
साइटको कार्यालयमा सोधखोज गर्दा पनि टिभी नपाएपछि ती मानिसले रणवीरविरुद्ध उजुरी गरेका हुन् । रणवीरले त्यो टिभीको र अनलाइनको विज्ञापनमा खेलेका छन् । फरहानले पनि त्यही विज्ञापनमा विश्वसनीयताबारे बोलेका छन् ।