ठुलोपर्दा डटकम, काठमाण्डौ।
गएको साता भेनिस इन्टरनेसनल फिल्म महोत्सवमा ‘इन्टरनेसनल क्रिटिक्स विक’को उपाधी जितेको नेपाली चलचित्र ‘कालो पोथी’को टिम नेपाल फर्किएको छ । नेपाल फर्किने क्रममा उक्त टोलीलाई राजधानीमा भव्य स्वागत गरिएको छ ।
Click Here to Watch Entertaining Videos
त्रिभुवन विमानस्थलमा पुगेका चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले निर्देशक मीनबहादुर भामसहित चलचित्र युनिटलाई माला र खादा अढाएर स्वागत गरेका थिए । कालो पोथी टोलीलाई स्वागत गर्न नेपाली फिल्मका शुभचिन्तक, चलचित्रसम्बन्धी अध्ययन गरिरहेका विद्यार्थीहरु र फिल्मकर्मीहरु त्रिभुवन विमानस्थल पुगेका थिए। नेपाली चलचित्र कालो पोथी विश्वको सबैभन्दा पुरानो भेनिस इन्टरनेसनल फिल्म महोत्सवमा ‘इन्टरनेसनल क्रिटिक्स विक’ जितेको हो ।
खड्गराज नेपाली, शुक्रराज रोकाय, जीतबहादुर मल्ल, हंस खड्का, बेनिसा हमाल, नन्दप्रसाद खत्री, विपिन कार्की र प्रवीण खतिवडाको अभिनय रहेको चलचित्र डेढ घण्टाको रहेको छ । पूरा चलचित्र मुगुमा खिचिएको थियो । स्वीजरल्यान्डको ५० हजार स्विस फ्रान्क, जर्मनीको ३० हजार युरो र फ्रान्सको एक लाख १० हजार युरो लगानी रहेको कालो पोथीमा जम्मा तीन करोड रुपैयाँ खर्च भएको निर्माता छिरिङरितार शेर्पाले जानकारी दिएका छन् ।
मीनबहादुर र अविनाश विक्रम शाहले लेखेको चलचित्रमा देवकी राई र अनुप थापा पनि निर्माता रहेका छन्। काजकिस्तानका अजिज झाम्बाकिभको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जेसन कुँवरको संगीत रहेको छ ।