बलीउड अभिनेत्री आलिया भट्टले प्रेम सम्बन्धमा रहँदा क्यान्डललाइड डिनर भन्दा पनि घरमै पकाएको खाना खान रुचाउँने बताएकी छिन् ।
Click Here to Watch Entertaining Videos
आफु अभिनित चलचित्र शानदारको प्रमोशनको बेला उनले भनिन्, ‘म इमान्दारिका साथ भनु पर्दा म तयार भएर क्यान्डल लाइट डिनरमा जान चाहन्न । म पायजामा लगाउने घरमा नै रहन चाहन्छु । म आफुलाई मन पर्ने सस्तो खाल्को खान खान रुचाउँछु । म आफ्नो पाटनरसँग घरमा नै दिन विताउँन चाहन्छु र मेरो लागी यहि नै शानदार डेट हुनेछ ।’
आलिया र शाहिद चलचित्र ‘शानदार’को प्रमोशनको क्रममा मीठीबाई कलेज पुगेका थिए र त्यहाँ एक विद्यार्थीले ‘शाहिद बाहेक फिल्म इन्डस्ट्रीको कुन व्यक्तिसँग डेट गर्न तयार हुनुहुन्छ ?’ भन्दै आलियासँग प्रश्न सोधे र उनले उक्त प्रश्नको उत्तर दिदै भनिन् -‘म शानदार डेट शाहिद र र मीठीबाई कलेजको सबै विद्यार्थीसँग गर्न चाहन्छु ।’