ठुलोपर्दा डटकम, काठमाण्डौ।
सरकारी कर्मचारीले डिभी र पिआर लिए ६० दिन भित्र कि डिभी कि त सरकारी जागिर छोड्नुपर्ने बताउँदै आएका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको आँखा अब नेपाली कलाकारहरुतर्फ पनि पर्न थालेका छन् । कलाकार देशको गह भन्ने तर विदेशी डिभी र पिआर लिनु राम्रो नभएको भन्दै मन्त्री पण्डितले अब डिभी र पिआर दिने कलाकारहरुलाई पनि कारबाहीको दाहेरामा ल्याउने बताएका छन् ।
Click Here to Watch Entertaining Videos
मंगलबार र्याडिसन होटलमा आयोजित गीतकार प्रमिला भण्डारीको भिडियो एल्बमको विमोचन गर्दै मन्त्री पण्डितलले भने -‘नेपाली कलाकार भन्ने अनि अमेरिकामा पेट्रोल भर्ने डिपार्टमेन्ट स्टोरमा लुगा पट्याउने काम गर्ने प्रवृत्ति मलाई मन परेन ।’ उनले अगाडी भने -‘विदेशी देशहरुको डिभि र पिआर लिने कलाकारहरुलाई पनि अब सरकारले कारबाही गर्नेछ ।
मैले देखिरहेको छु नेपाल सरकारले विशिष्ट श्रेणीमा राखेको, अहिले सरकारी पद दिएको संगीतसँग आवद्ध मान्छेलाई र सरकारले त्यत्रो माया गरेको मान्छेलाई किन डिभी ग्रिनकार्ड चाहियो ? किन ग्रिनकार्ड बोकेर बस्ने ? अरू देशको संविधानप्रति किन वफादार हुने ? आफ्नो देशलाई माया नगर्ने अनि पछि आएर नेपालमै बस्ने त्यो जस्तो लाजमर्नु अरु के हुन सक्छ ?’ लालबाबुले आक्रोस पोखे ।
कार्यक्रममा संगीत तथा नाट्य प्रतिष्ठानका उपकुलपति रहेका शम्भुजित बाँस्कोटा, नायक जीवन लुईँटेल, गायक हिमाल सागर लगायतका व्यक्तिहरु पनि उपस्थित भएका थिए ।