ठुलोपर्दा डटकम। वलिउड फिल्ममा चुम्बन दृश्य अब कुनै ठुलो कुरा रहेन। हर फिल्म निर्माताले यो यकिन गर्न थाले की फिल्म चलाउने एक गतिलो फण्डा हो ‘सेक्स सेल्स’। नेपाली चलचित्रमा पनि यस्तै भल्गर कुराहरुले ठाउँ जमाउन खोजेता पनि ति प्राय: असफल नै छन्।
वलिउडको पछिल्लो चुम्बन हंगामाको कुरा गर्नेहो भने ‘रामलीला’मा रणवीर सिंह र दीपिका पादुकोणको बीचको दृश्य हो, जुनले धेरैलाई आकर्षित गरेको छ। ‘रियल लाईफ’ र ‘रिल लाईफ’ दुवैमा यी दुईको केमेस्ट्री निकै रोमाञ्समा चलिरहेको छ। यसअघि पनि वलिउड फिल्ममा धेरै चुम्बन दृश्य देखा परिसकेका छन्, जुन स्मरणिय छन्।
हेरौँ केहि ‘हिट स्टार’का चुम्बन दृश्यहरु स्लाईडमा:
‘रोमाञ्स किंग’को नामबाट चिनिने निर्देशक यश चोपडाको अन्तिम फिल्म ‘जब तक है जान’मा शाहरुख खान र कैटरिना कैफबीचको दृश्य हो यो। कैटरिना कैफ र शाहरुख खानको यो दृश्य चर्चामा रह्यो। यो शाहरुख खानको पहिलो ‘अन स्क्रीन किसिंग सीन’ हो।
यो जोडीको चर्चा आजकल जहाँतहिँ हुने गरेको छ। रणवीर सिंह र दीपिका बीचको यो दृश्य ‘रामलीला’ चलचित्रको हो।
भट्ट कैंपका फिल्म पनि उस्तै बोल्ड हुने गर्छन् तर आफ्नो कथाको दमबाट ‘आशिकी २’ले समिक्षकको समेत गतिलै प्रतिक्रिया बटुलेको थियो। तर, आदतको को अगाडी कसको के लाग्छ र ? यस चलचित्रमा पनि आदित्य रोय कपूर र श्रद्धा कपूरको एक चुम्बन दृश्य राखियो।
निखिल आडवाणीको फिल्म ‘डी डे’ मा अर्जुन रामपाल र श्रुति हसन बीच भएको बोल्ड सीक्वेंस शूट गरिएको थियो। यसै दृश्यमा किसिंग शट पनि लिईएको थियो।
फिल्म ‘मटरू की बिजली का मंडोला’मा इमरान खान र अनुष्का शर्मा बीच केहि देसी सीन खिचियो। यो किसिङ्ग सीन पनि ति मध्ये एक हो।
फिल्म ‘शूटआउट एट वडाला’मा जोन अब्राहम र कंगना रनोटबीचको फिल्मी ‘लव मेकिंग दृश्य’ले धेरैको दिलमा आगो लगाएको थियो। यो निकै बोल्ड सीन थियो।
अनुराग बासुको बहुचर्चित फिल्म ‘बर्फी’मा पनि ग्यामामर मिसाईएको थियो। यो फिल्मका लीड एक्टर रणबीर कपूर र एक्ट्रेस इलियाना डिक्रूज बीच ‘किसिंग सीन’ राखियो। यो साउथ ईण्डियन स्टार इलियानाको पहिलो वलिउड फिल्म थियो।
रणबीर कपूरले आफ्नो सुपरहिट फिल्म ‘ये जवानी है दीवानी’मा आफ्नी पूर्व गर्लफ्रेंड दीपिका पादुकोणको साथ फिल्मी सिन मात्र होईन साँच्चै किस गरेका थिए। रणबीर अहिले कैटरिना कैफसँगको सम्बन्धमा भएकोले पनि सो दृश्य निकै चर्चामा रह्यो।
करण जौहरको बहुचर्चित फिल्म ‘स्टूडेंट अफ दि इयर’मा समेत नवोदित कलाकार आलिया भट्ट र सिद्दार्थ मल्होत्राको बीच ‘किसिंग सीन’ शूट गरियो। यो फिल्म यी दुईको पहिलो थियो।