ठुलोपर्दा डटकम, काठमाण्डौ। नेकपा एमालेबाट काठमाण्डौ क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ टिकट पाएका अभिनेता भुवन केसीले योग्यता भएका साथै त्याग र तपस्या गरेका नेताहरुलाई स्थान दिन आफ्नो उम्मेदवारी फिर्ता दिएको बताएका छन्।
शुक्रवार एक प्रेस विज्ञप्ती जारी गर्दै केसीले पार्टीसँगको सल्लाहमा पार्टीकै हितको लागि उम्मेदवारी नदिने निर्णय गरेको बताएका छन्।
नेकपा एमाले सांगठनिक रुपमा सुदृढ र शसक्त पार्टी रहेको भन्दै एमालेले आगामी संविधानसभाको चुनावमा बहुमत ल्याई जनतालाई संविधान दिनेमा कुनै सन्देह नरहेको केसीद्वारा जारी विज्ञप्तीमा जनाईएको छ।
प्रेस विज्ञप्ती: