ठुलोपर्दा डटकम, काठमाण्डौ। एमाओवादीतर्फ पर्सा क्षेत्र नम्वर १ बाट चुनाव लड्ने पक्का भएकी नायिका रेखा थापाको उम्मेदवारी अर्कैको पोल्टामा गएको छ। अन्तिम समयमा आएर उनको उम्मेदवारी बलिराम शाहलाई दिईयो।
रेखाको नाम मतदाता नामावलीमा नभेटिएपछि उनको उम्मेदवारी खोस्न पार्टी बाध्य भयो। मतदाता नामावलीमा नाम नभएको खण्डमा चुनाव लड्न नपाईने नियम छ। रेखाले यसअघि एमाओवादी पार्टी कार्यालय पेरिस डाँडाबाट प्रत्यक्ष उम्मेरद्वारीको टिकट लिएकी थिइन्।
रेखाले प्रत्यक्ष लड्न नपाएपनि समाज सेवा र राजनीतिमा सक्रिय भएर निरन्तर लागिरहने बताएकी छिन्।