इशानीले नेपाललाई दिलाईन मिस वर्ल्डको पहिलो उपाधि (भिडियो सहित)



ishani-1श्यामसुन्दर गिरी, काठमाण्डौ। मिस वर्ल्ड प्रतियोगितामा सहभागिता जनाउने क्रममा इन्डोनेसिया रहेकी मिस नेपाल इशानी श्रेष्ठले ‘ब्युटी विथ द प्रपोज च्यालेन्ज’ को उपाधि जित्न सफल भएकी छिन् । सेप्टेम्बर २९ तारिख अर्थात असोज १३ गते इन्डोनेसियाको बालीमा सम्पन्न हुने मिस वर्ल्डको ६३ औं संस्करणका क्रममा इशानी लगायत अन्य देशका सुन्दरिहरु त्यहा रहेका छन् । मिस वर्ल्डको अन्तिम प्रतिस्पर्धाको पूर्वसन्ध्यामा अर्थात शुक्रबार इसानीले सो उपाधी जितिकी हुन् ।

विश्व सुन्दरी प्रतियोगितामा सहभागि सुन्दरीहरुले गरेको सामाजिक कामको आधारमा सो उपाधि दिने चलन छ । इशानीले जुम्लामा मुख तथा दाँतको स्वास्थ्य शिविर गर्नका लागि सञ्चालन गरेको प्रोजेक्टको कारण र उनको उक्त सामाजिक कार्यको मुल्यांकन गर्दै ‘ब्युटी विथ द प्रपोज च्यालेन्ज’को उपाधी इशानीले जितेको मिस वर्ल्डले जनाएको छ । उक्त उपाधि जितेपछि विश्व सुन्दरी प्रतियोगितामा आयोजकले इशानीले सञ्चालन गरिरहेको प्रोजेक्टका लागि १० हजार अमेरिकी डलर सहयोग गर्ने घोषणा समेत गरेको मिस वर्ल्डको आधिकारिक वेब साइट मिस वर्ल्ड डटकमले जनाएको छ । मिस नेपाल इशानीले ७० प्रतिस्पर्धीलाई उछिन्दै यो उपाधि जितेकी हुन् ।

मल्टी मिडिया तर्फ तेस्रो स्थानमा आएकी इशानीले अवार्ड जितेपछि इशानीले फेसबुक पेजमा नेपालका लागि विश्व सुन्दरी प्रतियोगिताबाट एउटा अवार्ड ल्याउन सफल भएको भन्दै खुसी व्यक्त गरेकी छिन् । आइतबार उनी अन्तिम चरणमा प्रस्तुति दिनका लागि ११ प्रतिस्पर्धीसँगै छनौट भएकी छिन् । इशानीले फाइनल चरणमा परम्परागत नेपाली नृत्य प्रस्तुत गर्ने जानकारी प्राप्त भएको छ । मिस वर्ल्डको अन्तिम चरणमा पुने इशानी एक मात्र मिस नेपाल बनेकी छिन् ।

‘ब्युटी विथ द प्रपोज च्यालेन्ज’को उपाधि दिलाउने इशानीले गरेको सामाजिक कार्यको भिडियो यहाँ हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu